arrow

पाँच किलो अफिमसहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
nepal-police-logo.jpg

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले पाँच किलो आठ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । 

जाजजरकोटको शिवालय गाउँपालिका–७ घर भइ बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो । 

हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरुको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्वरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनीहरुलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ