arrow

कोकिनसहित दुई विदेशी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
nepal-police12.jpg

काठमाडौँ । नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । 

तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन् । उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौँ आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । बरामद लागुऔषधको अन्दाजी बजार मूल्य रु चार करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ