arrow

सांसद शर्माले सुनाए प्रचण्डले गरेका दुई काम, सरकार छाड्नुअघि जवाफ दिन आग्रह [भिडियो]

प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
sunil-sharma-03-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असार २८ गते बिदा हुँदै गर्दा दुई वटा राम्रा काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले प्रचण्डले आफ्नो कार्यकालमा मात्र दुई ओटा काम गरे पनि अहिलेसम्म पूर्ण हुन नसकेको बताउँदै बाँकी केही काम गरेको भए जानुअघि सुनाउन पनि आग्रह गरेका छन् । 

रामकृष्ण ढकालको ‘ओरालो लागेको हरिणको चाल भो’ भन्ने गीतबाट आफ्नो सम्बोधन शुरु गर्दै उनले २८ गते सरकारबाट बिदा लिँदै गरेका प्रचण्डको नाममा उक्त गीत समर्पण गरेका छन् । 

उनले २०७९ माघ २३ गते सरकारको मन्त्रिपरिषद्को निर्णयअनुृसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा निर्णय गरेको र सोअनुसार कोशी अञ्चल अस्पताललाई आफ्नै आंगिक क्याम्पसको रुपमा प्रयोग गर्न पाउने निर्णय गरेको बताए ।

तर अहिलेसम्म उक्त मेडिकल किन बन्न सकेन भनी प्रश्न गर्दै यसको चित्तबुझ्दो जवाफ असार २८ गते विश्वासको मत लिनुअघि दिन आग्रहसमेत गरे । 

प्रचण्ड सरकारले घोषणा गरेका दुई मुख्य निर्णयमध्ये यो पहिलो भएकोसमेत शर्माले बताए । अर्को सकारात्मकको रुपमा ट्याक्सको दफा ५७ संशोधन गर्न खोजेको भन्दै खुशी व्यक्त गरे । यो दफा संशोधन राष्ट्रिय सभामा गएको बताउँदै सांसद शर्माले प्रतिनिधि सभाबाट पारित भएर गएको र राष्ट्रिय सभाबाट पनि पारित गर्न आग्रह गरेका छन् । 

यो संशोधनले मुलुकमा व्यापारीहरुलाई व्यापार गर्न सजिलो हुने दाबी गर्दै उनले यसलाई रोक्न नहुने बताए । यो प्रचण्ड सरकारको ऐतिहासिक काम भएकोसमेत उल्लेख गरे । 

तर प्रचण्ड भारत गएका बेलामा मुर्रा भैँसी मात्र आए कि अरु राम्रा परियोजना पनि आएका छन् कि छैनन् भविष्यका सन्ततिले पढ्न पाउने गरी बुझाइदिन पनि सरकारबाट बाहिरिनुअघि प्रचण्डलाई आग्रह गरे । 

सांसद शर्माले एसईईमा पास भएका ५० प्रतिशत छात्रामध्ये ७० प्रतिशतले स्टाफ नर्स बन्न खोजेको उल्लेख गरे । उनले ती पास भएका विद्यार्थीले नर्सिङ्ग शिक्षा लिन नपाएको बताए । ६३ ओटा नर्सिङ कलेज गत वर्ष बन्द भएको उल्लेख गर्दै पढ्नै नपाउने हो भन्दै सरकारसँग प्रश्नसमेत गरेका छन् । 

विश्वविद्यालयको शिक्षा पढाइ भएका ठाउँमा स्टार्फ नर्स पढाउन पाइँदैन पनि भन्ने र मेडिकल कलेज खोल्न नलिएको भन्दै आक्रोश पोखे । 

उनले हुम्ला र मुगु जोड्ने मुख्य सडकमा पुग्न तुइन चढेर गएको स्मरण गराउँदै तुइन हटाएर एउटा बेलिब्रिज भए पनि बनाउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ