- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित टीथ्री थकाली एन्ड मल्टी कसाइन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहबीच सम्पन्न सम्झौतामा टीथ्री थकाली ग्रुप प्रालिका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पुर्याउन जानका लागि आउने जाने गर्दछन् ।
यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजासमेत नखाई कुँद्ने गर्दछन् । यिनै मानिसहरु र स्वादका पारखीका लागि मध्यनजर गर्दै टीथ्री थकाली एन्ड मल्टी कसाइन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्यद्धारको पूर्वपट्टिको लाईनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।
सो अनुसार यहाँ आउने जो कोहीले पनि टीथ्री थकाली एन्ड मल्टी कसाइनमा वास्तविक थकाली खानाको स्वाद लिन सक्नेछन् भने टीथ्री थकाली एन्ड मल्टी कसाइन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरमा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाइने जनाइएको छ । साथै यथेस्ट सःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको बैंकले जनाएको छ ।
ग्राहकको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ ।
साथै लण्डन स्थित दि फाइनान्सियल टाइम्सले बैँक अफ दि इयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।