arrow

कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
dolpa-airport.jpg

हुम्ला ।  लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ । यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ । 

नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो । 

हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौँ फर्किएका छन् । मानसरोवर कैलाशको दर्शन गरेर फर्केका आठ जना भने सिमकोटबाट हेलिकप्टरबाट नेपालगञ्ज फर्कनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ