arrow

सहकारी प्रकरण

संसदीय छानबिन समितिले सहकारी पीडितसँग बुधबार छलफल गर्दै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
surya-thapa-03-25.jpg

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते भोलि बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधवार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ । 

सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने योजना बनाएका छौं । २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई बोलाएका छौं । सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न सङ्घर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरूको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ