arrow

पर्सामा ६० प्रतिशत रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
ropai-2080-03-15-d.jpg

पर्सा । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ ।

हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।

यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ ।

केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ ।

विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो । 

पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो ।

यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ