arrow

बिन्दवासिनी सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
hari-pd-adhikari.jpg

पोखरा । पोखरास्थित विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ औद्योगिक क्षेत्रका ४० वर्षीय हरिप्रसाद अधिकारी छन् ।

अधिकारी सहकारीका पूर्व लेखासमिति सदस्य हुन् । उनलाई बुधबार कास्की जिल्ला अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।
यस प्रकरणमा १७ जनालाई पक्राउ गरिएको र १४ जना अझै फरार छन् ।

सहकारीको रकम अपचलन सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झन्डै सात करोड रुपियाँ हिनामिना देखिएको छ ।

सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पुर्पक्षका लागि जेलमा छन् ।

अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ