arrow

एमालेलाई प्रचण्डको जवाफ: संसद् विघटन गर्नेले मलाई नैतिकताको पाठ नसिकाए हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
pm-prachanda-dahal-parliament-speech-after-un-visit.jpg
तस्बिर : फाइल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले आफूमाथि नै लगाएको नैतिकताको आरोपको खण्डन गरेका छन् । सरकारको समर्थन फिर्ता लिएपछि राजीनामा नदिएको भन्दै नैतिकतामाथि एमालेले प्रश्न उठाएको थियो । उनले ‘आफू अल्पमतमा परेपछि संसद् विघटनसम्म गर्नेले आफूमाथि नैतिकताको पाठ नसिकाए हुन्छ भन्दै’ एमालेको प्रश्नको जवाफ दिए । 

दाहालले समर्थन फिर्ता लिएपछि दीर्घकालीन महत्वका निर्णय नगर्न दिएको चेतावनीबारे समेत आपत्ति जनाए । ‘अल्पमतमा परेपछि तपाईँले कस्ता कस्ता निर्णय गर्नुभएको थियो, त्यो इतिहासमा सुरक्षित छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै उनले भने । 

प्रधानमन्त्री दाहालले अहिले दुई ठूला दलहरूबिचको सहमतिको समय, ठाउँ र मिल्नुको कारणले यो कति स्वाभाविक छ भन्ने प्रश्न समेत उठाए । दुई दलबीच व्यवसायी रामेश्वर थापाको घरमा मध्यरातमा सहमति भएको थियो । उनले काँग्रेस र एमालेलाई डरले जोडेको समेत उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ