arrow

काँग्रेस-एमालेको मिलन अँध्यारो कोठामा भयो : प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prachanda-dahal-maoist.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस र एमालेको मिलन अँध्यारो कोठामा भएको बताएका छन्। प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्दै प्रचण्डले काँग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अँध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन्। उनले साँच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउँदै आफुले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबी गरे।

उनले भने- 'पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईँहरू राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन। कसैले तपाईँ हरुलाई मिलाइदिएको छ।'

उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरङ्कुशतालाई नै प्रवर्धन गरेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ