arrow

जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्न प्रचण्डलाई चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
gyanbahadur-sahi-03-28.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे । 

उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताए । उनले जातीय छुवाछुतबिरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गरे । उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे ।

उनले भने, ‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन । त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ । यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा । जातीय छुवाछुतबिरुद्धको कानून अहिले बनेको हो ? राजा महेन्द्रको पालमा २०२० तिर यो कानून बनाइएको हो । तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस् । चुनाव हुन्छ, चुनावमा जानुस् । चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस् । किनभने अत्ति भइसक्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ