arrow

ढल्यो प्रचण्ड सरकार, गुमाए विश्वास, पक्षमा मात्र ६३ मत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prachanda-parliament-81-3-28y.JPG

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । प्रतिनिधि सभामा पाँचौँ पटक विश्वासको मत लिने क्रममा प्रचण्डले आवश्यक १३८ मत पर्नेमा निकै कम मत पाए । २५८ सांसद उपस्थित भएकामा उनले मात्र ६३ मत पाए ।

विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । योसँगै उनको विश्वासको मत अस्वीकृत भएको छ । उनलाई माओवादीका ३२, रास्वपाका २१ तथा नेकपा एकीकृत समाजवादीका १० मत परेका छन् । 

उनले पहिलो पटक विश्वासको मत लिँदा २७५ मध्ये २६८ मत पाएका प्रचण्डले अन्तिम पटक विश्वासको मत लिँदा मात्र ६३ मत परेको हो । योसँगै प्रचण्ड सरकार पनि ढलेको छ । 

१९ महिना सरकारको नेतृत्व गरेपछि माओवादी केन्द्र अब प्रमुख प्रतिपक्ष दल बन्ने भएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गरेर सत्ता चलाउने सहमति गरेका छन् । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ