- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत राख्नुभएको प्रस्ताव अस्वीकृत भएकाले उनी पदबाट मुक्त भएका हुन् ।
तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।