arrow

प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी पुगे विद्याको घरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
kp-vidya-81-3-30.jpg

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास पुगेका छन् । 

आइतबार राति उनी भंगालस्थित भण्डारी निवासमा पुगेका हुन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ओली पूर्व राष्ट्रपतिसँग भेटघाटका लागि पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक समीकरणको बारेमा छलफल भएकोसमेत बताइएको छ । साथै भण्डारीको तर्फबाट पनि कोही एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भएको बुझिएको छ । 

राष्ट्रपतिमा बहाल भएका बेलामा पनि विद्याले भाग खोजेको चर्चा परिचर्चा हुँदै आएको थियो । केपीले यसरी विद्यालाई भेटेर विगतको पुनरावृत्ति गराएको बुझ्न सकिन्छ । 

विद्याले पार्टी सदस्यता नवीकरण गरेपछि अब पार्टीलाई सक्रिय भएर समय दिनका लागि ओलीले आग्रह गरेको हुनसक्ने आँकलनसमेत भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ