arrow

अहिलेको चुनौती निराशा चिर्ने, आशा जगाउने - अर्थमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
bishnu-poudel-04-04.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए । उनले अहिलेको आफ्नो चुनौती निराशा चिर्ने र आशा जगाउने रहेको बताए । 

उनले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबै कुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए । उनले अहिलेका चुनौतीका समस्याहरूको सामना गर्न आफू लागिपरेको पनि बताए । 

उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन । मैले अहिले के कुरामा बढी जोड दिन चाहिरहेको छु भने अहिलेको समस्या भनेको निराशा चिर्ने, आशा जगाउने हो । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्छ । निजी क्षेत्रको मनोबल टुट्यो भनेदेखि के हुन्छ ? सबै कुरा टुट्छ । माग घटेको छ, उत्पादन घटेको छ, खर्च गर्ने सामर्थ्य घटेको छ । कालोसूची बढेको छ, लिलामी बढेको छ । रोजगारी घटेको छ । समस्याको चाङ छ । उत्साही भएर जानुस् । यो चुनौती कसरी सामना गर्ने ? यसका विभिन्न कारण छ । यसको आन्तरिक र बाह्य कारण छ । आन्तरिकमा राजनीतिक कारण पनि छ । मुख्य रूपमा देशमा स्थिरता र स्थायित्व भएन भने त्यसको बहुआयामिक प्रभाव हुन्छ ।’

अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताए । उनले यी दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताए । उनले वर्किङ क्यापिटल गाइडलाइनले इन्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको बताए । उनले भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नभइने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ