arrow

संसद विघटन सम्झाउँदै माधवले दिए ओलीलाई शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
madhavkumar-nepal-81-4-6.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यसअघि संसद विघटन गरेको विषय स्मरण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धिको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद विघटनको सम्झाएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् । विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केहि नेताहरु एमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए ।

नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ