arrow

एक एआईजी पद रिक्त, दर्जन डीआईजी दौडधूपमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) र एक जना डीआईजीको पद रिक्त भएको छ । 

अर्को एक महिनापछि थप एक एआईजी र एक डीआईजीसहित ८९ जना सिनियर प्रहरी अधिकृहतहरुको अवकाश हुँदैछ । 

भदौ १६ र २६ मा गरी सो संख्यामा एआईजी, डीआईजी, एसएसपी, एसपी, डीएसपी र प्रहरी निरीक्षकसहितका प्रहरी अधिकारीहरु अवकाशमा जान लागेका हुन् । तर अहिले भने रिक्त रहेका दुईपदमा भने दर्जन प्रहरी अधिकृतहरुको दौडधुप चलिरहेको छ ।

आईजीपी वसन्तबहादुर कुँवरका ब्याची एआईजी उमेशराज जोशी र डीआईजी पोषराज पोखरेलले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि  दुई पद रिक्त हुँदा ती पदमा दर्जन प्रहरी अधिकारीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् ।

उमेशराज जोशी असार १९ एआईजीबाट र पोखरेल २१ बाट अनिवार्य अवकाशमा गएका थिए ।  

उनीहरुको अवकाशपछि एक एआईजीका लागि दर्जन डीआईजीहरु प्रतिस्पर्धामा रहेका छन् । अहिले भरतबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी प्रतिस्पर्धामा छन् । 

प्रहरी महानिरीक्षकले ब्याचीहरुकै एआईजीमा प्रतिस्पर्धा रहेको छ । भदौमा घर जाने केसीलाई एआईजी बनाउनुपर्ने एकथरीको मत रहेको छ भने अर्कोथरी शेरबहादुर देउवाको पूर्व सुरक्षा गार्ड रहेका बोहोरालाई बनाउनुपर्ने मत रहेको छ । साथै गुरुङ र कडायत पनि एआईजीका बलिया दावेदार हुन् । 

अर्कोतर्फ रामदत्त जोशीले भएभरको शक्ति परिचालन गरिरहेका छन् । किरण राणा र दुर्गा कुँवरले पनि महिला एआईजी मीरा चौधरीले अवकाश पाइसकेकाले आफूहरुको दाबी रहेको बताउँदै आएका छन् ।

सरकारले शुरुमा रिक्त एआईजीमा यी डीआईजीहरू मध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्नेछ । डीआईजीमा बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज बिष्ट र गणेश चन्द सबैभन्दा सिनियर हुन् । 

चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए । एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे । २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने । उनी आगामी मंसिर २५ गते अनिवार्य अवकाशमा जानेछन् । 

उनकी पत्नी दुर्गा कुँवरले एआईजी दावी गरिरहँदा उनी भने एसएसपीमै रहेका छन् । उनीहरुमध्ये एक जनाले डीआईजीमा बढुवा पाउनेछन् भने अन्यचाहिँ एसएसपीबाटै घर जानेछन् । 

उनीहरुभन्दा पछिल्लो ब्याजका एसएपीहरु दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी डीआईजीमा बढुवा भैसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ