arrow

एआईजीमा जोशीको सिफारिस, दुई डीआईजीको पद खाली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
ramdutta-joshi-dig.jpg

काठमाडौँ । सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ । 

बढुवा समितिको सोमबार साँझ बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो । विशेष ब्युरोबाट विमानस्थल कार्यालय प्रमुख भएका जोशीलाई सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।  

एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो। 

यसअघि डीआईजी पोषराज पोखरेललाई बढुवा सिफारिस गरिएको थियो । तर सरकारमा आएको फेरबदलसँगै बढुवा नभई उनको अवकाश भएको थियो । 

अहिले डीआईजी पद खाली भएको छ । जोशी र पोखरेलको डीआईजी पद खाली भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ