arrow

प्रभु बैङ्क र टिस्टुङ रिसोर्टबीच छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
prabhu-bank-tistung-resorts-mou.jpg

काठमाडौँ। प्रभु बैङ्कका कर्मचारीहरू तथा ग्राहकहरूलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैङ्कका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शमशेर राणाद्वारा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार प्रभु बैङ्क लिमिटेडका कर्मचारीहरू तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

मकवानपुर जिल्ला बागमती प्रदेशको मुख्य केन्द्रबिन्दु तथा बागमती प्रदेशको राजधानी समेत हो। उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौँ उपत्यकाबाट दक्षिण पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ।

विभिन्न जातजातिहरूको बसोबास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मिटर उचाइमा रहेको छ।

इन्द्र सरोवर (कुलेखानी), वज्रवाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्य स्थल हुन भने कृषि पेसा अर्को यहाँको प्रमुख विशेषता हो। आलु, काउली, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौँसम्म विक्री वितरण हुने गर्दछ।

आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ शीतलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन्। विशेष गरी गर्मी याममा गर्मी छल्नका लागि बढी पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ।

चारैतिर जङ्गल अनि हरियाली बीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा सिरसिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८३ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै, प्रभु बैङ्क, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ