arrow

उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
yamlal-kandel-cm-karnali.jpg
फाइल तस्बिर

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले प्रदेश लोक सेवा आयोगमार्फत उपसचिव तहसहित ७५ प्रतिशत कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताए ।

जनप्रतिनिधिको संस्थाले नीति, कानुन पारित गर्ने र कर्मचारी संयन्त्रले त्यसको कार्यान्वयन गर्ने भएकाले कर्णालीमा अभाव भएको कर्मचारी जनशक्ति परिपूर्तिमा जोड दिइने उनले बताए । 

उनले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा कोहलपुर-सुर्खेत १३३ केभी प्रसारण लाइनमा निकुञ्ज क्षेत्रमा आएका समस्या समाधान गरेको, उद्योग, वाणिज्य व्यवसायको दर्ता र नवीकरणको समस्या हल गर्नुका साथै बड्डीचौर-सुर्खेत ३३ केभी प्रसारण लाइन वीरेन्द्रनगरसम्म पुर्याउन जोड दिएको स्पष्ट पारे । 

सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा मुख्यमन्त्री कँडेलले भने, “सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा छ । छलफल अब नयाँ ढङ्गबाट सुरु हुन्छ ।” 

सङ्घीय संरचना भए पनि मानसिकता भने केन्द्रीय संरचना अनुसार हुँदा अपेक्षित रुपमा काम गर्न नसकिएको उनको भनाइ छ । 

उनले प्रदेश सरकारले कुनै पनि निर्णय यथोचित समयमै गरेर अगाडि बढ्ने बताए ।

उनले भने, “राजनीतिक परिस्थिति बदलिँदा प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ भयो यद्यपि सरकार बाटो सुधारमा लागि रहेको छ ।” 

उनले चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा सदनमा गरेको दलीय सहमति हुबहु गर्ने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ