arrow

साढे सात क्विन्टल गाँजासहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
nepal-police12.jpg

काठमाडौँ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले एक भारतीय ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको देवचुली नगरपालिका–२ स्थित हमाल चोकमा खटिएको प्रहरी टोलीले एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेनरलाई शंकास्पद देखेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्रहरीले कन्टेनरको भित्तामा लुकाइएको विशेष बनाइएको खाली ठाउँबाट २४ बोरा गाँजा फेला पारेको छ। गाँजाको तौल सात सय ६९ किलोग्राम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

गाँजा बोकेको ट्रकलाई स्कटिङ गर्दै आइरहेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ट्रकका चालक चितवन राप्ति नगरपालिका–३ का ३३ वर्षीय मदन लामा र सोही ठाउँका ३२ वर्षीय दिनेश लामा रहेका छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ