arrow

तत्कालीन प्रधानसेनापतिलाई हटाइदिएँ मैले- माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
madhav-nepal-04-15.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए । 

उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रस्तुत भएको बताए । उनले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्न नचाहँदा पनि आफूले बर्खास्त गरेको बताए । उनले तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताए । उनले सो समयसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गरे । 

उनले भने, ‘नयाँ विद्यार्थी, नयाँ युवाहरु एक सय एक प्रतिभाशाली छन् । संसारमा पनि कीर्तिमान कायम गरेका छन् । नेपाली युवाहरु जुनसुकै क्षेत्रमा पढाईको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस् । चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस् । युद्धको मैदानमा होस् । ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो । विश्वका ती देशहरूमा जहाँ गृहयुद्ध चलिरहेको छ, त्यो गृहयुद्धलाई शान्त गर्न सबैभन्दा प्रभावकारी कोही देखिन्छ भने त्यो नेपाली सेना नै छ । म लेबनान गएको थिएँ । म त्यहाँ गएको लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरू थाहा पाए । उनीहरू मलाई भेट्न आए । किन आए थाहा छ, किनभने म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएको बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो ।’

अध्यक्ष नेपालले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताए । अनुशासित भए मात्रै राम्रो जीवनयापन गर्न सकिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ