arrow

संसदीय छानविन विशेष समिति

बचत परिचालनको निम्ति सहकारी आवश्यकता देखिएन [भिडियो]

१२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
surya-thapa-04-15.jpg

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् । मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैङ्कका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताए । 

उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरूको आर्थिक अवस्था राम्रो रहेको बताए । उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको बताए । सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए । 

उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी सङ्कलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए । उनले सानो पुँजी सङ्कलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए । उनले बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७-०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताए । 

उनले काठमाडौँका टोलटोलमा बैङ्कका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए । उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलापमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए । उनले सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको बताए । 

उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरूले पाइने विषय राम्रो नभएको बताए । उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरूले बिगारेको बताए । उनले समितिले छानबिन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए । 

उनले भने,‘राष्ट्र बैंकसँग जोडिएका सहकारीहरूको आर्थिक अवस्था राम्रो छ । निश्चित सुशासनमा चलेका सहकारीहरूको आर्थिक अवस्था राम्रो छ । सहकारी कता केन्द्रित हुने भन्दा समितिमा गरेका छलफल अन्तरक्रियाले बचत तथा ऋण सहकारीको भारी धेरै भयो । देशले धान्न नसक्ने गरी भएको छ । सहकारी वास्तवमा छरिएर रहेको साना पुँजी उत्पादन र सेवामा केन्द्रित हुने र सानो पुँजी सङ्कलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान दिने हो । त्यसले मात्रै मुलुकको सामाजिक र देशको आवश्यकता सम्बोधन हुन्छ । बचत परिचालनको निम्ति सहकारी नै चाहिँदैनन् । सहकारी अभियान्ताहरुका अगाडि तीतो लागे पनि लागोस् । कसलाई के प्रिय लाग्छ त्यो कुरा बोल्ने मान्छे होइन । २०७७-०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको छ । काठमाडौँका टोलटोलमा बैंक छन् । सहकारी किन चाहियो ? ठग्न । सबै भन्दा ठगी गर्ने र सहकारीको बर्खिंलाभमा चल्ने सहकारी काठमाडौँमा शहरमा छन् । सहकारीमा १४ करोडसम्म बचत गर्छ भने त्यो कानून विपरीत हो । गैरकानूनी हो । १० लाख भन्दा बढी बचत,१० लाख बढी बचत र फिर्ता गर्न पाइँदैन । बैंकहरुले नदिने सहकारीहरूले पाइन्छ । त्यो पाइँदैन । सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरूले सकाए । छानबिन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसका सहकारी छन् । १७ वटा सहकारीमा १७ थरिका औतारी छन् । ती सहकारी होइनन् । ती सहकारी कसले दर्ता गरे खोजिका विषय भएका छन् । सहकारीमा देखिको अहिलेको गम्भीर समस्या सहकारी अभियान्ताहरुको पनि असफलता हो ।’

उनले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिएको विषय भएको बताए । उनले सहकारीमा देखिएको अहिलेको गम्भीर समस्या सहकारी अभियन्ताहरूको पनि असफलता भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ