arrow

एआईजी ज्ञवालीमाथि छानबिन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
shyam-gyawali-81-4-31.jpg

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चेनअफ कमाण्ड उल्लंघन गरेको आरोपमा एआईजी श्याम ज्ञवालीमाथि छानबिन शुरु गरेको छ । 

प्रहरी प्रधान कार्यालयले अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन शुरु गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत ज्ञवालीलाई हटाएर अर्को व्यक्ति पठाउने उद्देश्यका साथ छानबिन शुरु गरेको हो ।
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका ज्ञवालीमाथि प्रहरी महानिरीक्षकको सचिवालयमा परेका उजुरीमाथि छानबिन शुरु भएको हो ।

उजुरीमा एआईजी ज्ञवालीले पदीय आचरण दुरुपयोग गरी अनुसन्धानलाई प्रभावित पारेको उल्लेछ । तत्कालीन गृहमन्त्री रवि लामिछानेले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्रचार्यलाई  हटाएर ज्ञवालीलाई पठाएका थिए । 

सुन तस्करीको सफल अनुसन्धान गरेकी बच्रचार्यलाई हटाएको र कारवाही गरेको विषयमा सर्वत्र विरोध भएको थियो । 

सुन तस्करीको विषयसँग ज्ञवालीको अनुसन्धान नजोडिएको तर चेनअफ कमाण्ड उल्लंघन गरेको, अनुसन्धानमा बदनियत राखेको र सेञ्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपीसँग अस्वभाविक चलखेल गरेको आरोप लगाइएको छ । 



नयाँ