arrow

खोलाले बगाउँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
Dang-hamrakura.jpeg

तुलसीपुर । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर-४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर-२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो ।

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो ।

तेजबहादुर भाइ ६४ वर्षीय भाइ चेतबहादुरसँग गएका फर्किने क्रममा खोलाले दुवै दाजुभाइलाई बगाएको थियो ।

भाइ चेतबहादुर पौडी खेलेर निस्केका थिए भने दाजु तेजबहादुरलाई एक किलोमिटर तलबाट मृतावस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ