काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई लाजिम्पाट, काठमाडौँस्थित र्याडिसन होटलसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।
र्याडिसन होटल, काठमाडौँ एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो ।
एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमध्ये खाना, पेस्ट्री सप, ट्र«ानक्युलिटी स्पाका साथै र्याडिसन होटलल सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै प्रभु बैँक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाटसमेत सम्मानित भएको छ ।