arrow

अटोलाई खोलाले बगाउँदा दुई जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
Dang-hamrakura.jpeg

तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो कालाखोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो ।

अटोमा सवार पाँच जनामध्ये तीन जना सकुशल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ