arrow

तीन एआईजीको सरुवा, एक एआईजीको पदस्थापन, सीआईबीमा दीपक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा बढुवा भएका एक जना एआईजीलाई पदस्थापन गरेको छ । 

मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले एआईजीत्रय दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको सरुवा तथा एआईजी बढुवा भएका रामदत्त जोशीलाई पदस्थापन गरेको हो ।

बैठकले एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरेको छ  । यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरेको छ । 

सरुवा अनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दीपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । 

थापालाई सीआईबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ