arrow

नक्कली प्रहरी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
duplicate-police-81-4-24.jpg

रौतहट । सादापोशाक अर्थात् घुमुवा प्रहरीको करामतले बदनाम रौतहटको चन्द्रनिगाहपुरमा एक जना नक्कली घुमुवा प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । 

उनलाई सार्वजनिक मुद्धा अन्तर्गत अभद्र ब्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राति ११ बजे आरोपी रमेशले आफू सादा पोशाकको घुमुवा प्रहरी हुँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सूचना आएको थियो । 

सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो । 

हाल आरोपी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ