arrow

मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
yamlal-kandel-cm-karnali.jpg
फाइल तस्बिर

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उनले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्ने बताए । 

“वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्” उनले भने, “पर्यावरणीय सुन्दरताका साथै स्वस्थ्य वातावरण दीगो विकासमा सहयोग पुर्याउँछ ।”

उनले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए । 

जलवायु परिवर्तनको असरलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षरोपण अभियानलाई अनिवार्य शर्तका रुपमा लिइएको छ । 

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रुख कटहर, बरपिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका बिरुवा लगाइएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ