arrow

सहकारी छानबिन विशेष समिति

रविसँग छानबिन विशेष समितिले बयान लिने, ठगेर भागेका २१ जनाको पाएन जानकारी [भिडियो]

समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
surya-thapa-04-24.jpg

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि बोलाउने भएको छ । शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गोर्खा मिडिया प्रा.लि.का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिए ।

 उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । उनले सरकारबाट केही जानकारी नआएको बताए । उनले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए । समितिले सहकारीको छानबिनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिए । 

उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरूलाई बोलाएर सोधपुछ गरिरहेको बताए । उनले कारागारमा रहेकाहरूलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए। उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । उनले सरकारबाट केही जानकारी नआएको बताए । 

उनले २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताए । उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरूसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए । 

उनले कारागारमा करिब ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रूपमा अर्बौँ रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने गरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए । उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए । 

उनले भने,‘सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौं । तर पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेका छौं । सरकारबाट केही जानकारी आएको छैन । २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी छन् । जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनको लागी ल्याउन अनुरोध गरेको छ । कारागारमा रहेका व्यक्तिहरू दुई थरी छन् । गर्खा मिडियाको सञ्चालक समितिका पनि रहेका छन् । विभिन्न सहकारीका सञ्चालक समिति,अध्यक्ष लगायत धेरै व्यक्तिहरू रहेका छन् । करिब ३०० व्यक्ति छन् । सबैलाई सोधपुछ गर्न सम्भव हुँदैन । प्रतिनिधि मुलुक रूपमा अर्बौँ रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने नामावली तयार गरेर आवश्यक समन्वयको लागि पठाएका छौं । समितिले कारागारमा गएर सोधपुछ गर्न प्राविधिक कुराहरू मिलाउनु पर्ने हुन्छ । त्यसैले लिखित बयान हो । कारागारमा रहेकाहरूलाई समितिको बैठकमा नै सोधपुछ गरिरहेका छौं । समितिमा ल्याउने प्रबन्ध मिलाइएको छ । सोधपुछको काम १ गतेसम्म सकिन्छ । प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ । सोधपुछको काम र वित्तीय विश्लेषणको कामसँगै भएको छ । सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । गोर्खा मिडिया प्रा.लीका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ