arrow

कुलमानको पक्षमा नारा, समर्थकलाई सडकबाट हटाउन खोज्दा झडप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
kulman-ghising-ko-pakchaya-.jpg

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा युवा शक्ति उत्रिएको छ । राजधानीको माइतीघर मण्डलाबाट र्याली शुरु भएर आर्ट काउन्सिलबाट फर्किएर मेन लेनबाट हिँडेर माइतीघर छेउँमा आएर बीच बाटोमै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको छ। 

सो क्रममा बब्लु गुप्ता, सोम शर्मा, शिभ सायद, हेमराज थापा, मदन बुढा, विजय कडेल पक्राउ परेका छन् । ठूला उद्योगगहरूले विद्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । 

यसअघि घिसिङले शुक्रबार मात्रै प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका थिए । प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरण अहिले १३ अर्ब ३१ करोड नाफामा रहेको सगर्व बताए । 

उनले भने, ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।’ 

उनले गत आर्थिक वर्ष २०८०–८१ मा प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको उनले बताए । 

‘आर्थिक वर्ष २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता ती दिन फर्केर हेर्नु परेको छैन’, घिसिङले भने ।
 
उनले २०७३–७४ मै प्राधिकरणले १ अर्ब ५० करोड नाफा कमाएदेखि निरन्तर नाफामा रहेको जिकिर गरे । 

kulman-ghising-ko-pakchaya-81-4-26 (1).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (2).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (3).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (4).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (5).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (6).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (7).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (8).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (9).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (10).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (11).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (12).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (13).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (14).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (15).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (16).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (17).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (18).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (19).jpg
kulman-ghising-ko-pakchaya-81-4-26 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ