arrow

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
kp-sharma-oli-vikram-mishre.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा शिष्टचार भेटवार्ता भएको हो ।

उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आईपुगेका हुन् । केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो । 

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजू राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । 

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ