arrow

छानबिन विशेष समिति

सहकारी सञ्चालकसँगको सोधपुछ अन्तिम चरणमा, प्रतिवेदन लेखिँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
sahakari-samiti-04-13.jpg

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।
शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति थापाले यस्तो बताए । उनले समिति सोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए । उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरूसँग बयान लिने काम लगभग सकिएको बताए । 

उनले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताए । उनले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग सम्बद्ध मधुसूदन पाठकसँग शोधपुछ गरेको पनि बताए । 

उनले भने, ‘आजको बैठकमा हामीले नख्खु कारागारबाट कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आउनुभएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेका छौँ । पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग सम्बद्ध मधुसूदन पाठकसँग शोधपुछ गरेका छौँ । आजै हामीले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेका छौँ । सोधपुछको अन्तिमतिर लागेका छौँ । सोधपुछलाई तथ्य प्राप्तिको उद्देश्यअनुसार गरिरहेका छौँ । सहकारी ठगी र अरू विभिन्न मुद्दामा जेलमा रहेका व्यक्तिहरू सहकारीका मुख्य व्यक्तिहरू रहेको कारणले उनीहरूलाई नै नसोधी तथ्यमा पुग्न सक्दैन थियौँ । यो क्रम छिटो टुङ्ग्याउने र प्रतिवेदन लेखनको कामलाई अन्तिम रूपमा त्यस काममा केन्द्रित हुने गरी जुट्नेछौँ ।’

उनले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ