arrow

मध्यरातमा दुई नेताले गरेको सहमती मान्दैनौं - माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
madhav-nepal-05-03.jpg

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताएका छन् । अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो । उनले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरे । 

अध्यक्ष नेपालले संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याए । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालले बताए । उनले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताए । 

उनले भने,‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन । संविधान अवश्य पनि छलफलको विषय बन्छ । तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं । कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर । यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ । त्यही कुरा मैले संसदमा पनि उठाएको थिए । त्यही कुरा मैले उठाएको छु सबै ठाउँमा पनि । मलाई बोल्न त मन थिएन । तर सन्दर्भ यहाँ आयो । प्रचण्डजीले मलाई के सुनाए भने–आज आउनुभएको थियो । तपाई र मेरो सम्बन्ध भनेको अब अन्तिम सास फेरुन्जेलसम्म हो । स्वर्ग पनि सँगै जाने हो, नर्क पनि सँगै जाने हो । भोलिपल्ट त जाँदै थिए । बीच बाटोमा प्रचण्डजीको पिठयूमा ठयाक्क लात्ति परेपछि पछारिनु भयो उहाँ। त्यसो हुनाले ती सन्दर्भहरु धेरै नकोटयाउ । म प्रत्येक नेतालाई भन्न चाहन्छु–मम गर्नुहोस् । आफूमाथि केही कमजोरी भएका छन् । त्यसलाई स्वीकार गर्नुहोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ