arrow

तीजमा तडकभडकसहितका खर्चिला कार्यक्रम गर्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
cdo office kaski hamrakura.jpg
फाइल तस्बिर

पोखरा । कास्कीमा तीजका नाममा होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार सूचना जारी गर्दै यस्ता किसिमका कार्यक्रम गर्न रोक लगाइएको जानकारी दिएको छ ।

साथै गरगहना प्रदर्शन र ध्वनी प्रदुषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीज पर्वको मौलिकतामाथि आँच आउने तथा विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पुर्‍याउने खालका भड्किला कार्यक्रम तथा क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।

सूचनाको वर्खिलाप हुने गरी भए गरेका कार्यक्रमको प्रशासनबाट सुक्ष्मरुपमा निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली, २०३३ र अन्य प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

साथै सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था र महिला सञ्जाल तथा सबै जिल्लावासीबाट सहयोग हुने सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ