arrow

१७१ वटा मंकिपक्स संक्रमण पुष्टि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
monkeypox-test.jpg

काठमाडौँ । गत महिना पहिलो मंकिपक्स संक्रमण पुष्टि भएको बुरुन्डीमा हालसम्म यसका एक सय ७१ वटा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रीले बिहीबार बताएका छन् । 

“हामीले एक सय ७१ मंकिपक्स संक्रमणको घटना दर्ता गरिसकेका छौँ । तीमध्ये एक सय ३७ अझै पनि संक्रमित छन्”, स्वास्थ्यमन्त्री पोलिकार्पे नदाइकाजाले भने, “हालसम्म बुरुन्डीमा मंकिपक्सबाट कसैको मृत्यु भने भएको छैन ।” 

जुलाईको अन्त्यमा बुरुन्डीमा मंकिपक्सका तीनवटा घटना पत्ता लागेको थियो भने स्वास्थ्य मन्त्रालयले अगस्ट १८ सम्म एक सय ५३ मंकिपक्स संक्रमण पुष्टि गरेको थियो । 

बुरुन्डीमा पत्ता लागेको मंकिपक्स संक्रमण छिमेकी देश कङ्गोमा फैलिएको ‘नयाँ भेरियन्ट’ जस्तो देखिने एक अधिकारीले बताएका छन् । 

मंकिपक्स दशकौँदेखि परिचित संक्रामक रोग हो । हाल फैलिएको ‘क्लेड १बी’ भेरियन्ट नयाँ अधिक घातक र अधिक संक्रामक भएको पुष्टि भएको छ । 

‘क्लेड १बी’ भेरियन्टले लगभग तीन दशमलव छ प्रतिशत मामिलामा मृत्यु निम्त्याएको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । 

डब्लुएचओले यस नयाँ भेरियन्टको मंकिपक्स भाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ