arrow

मंकिपक्सबाट कंगोमा ६१० जनाको मृत्यु, १८ हजार संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
monkeypox-test.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकिपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । 

संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताए । मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गरे । 

संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रशारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको शुरुआत गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ