arrow

सरकार बनेको एक महिनामा २० प्रतिशतले राजश्व बढेको अर्थमन्त्रीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
bishnu-poudel-05-07.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएको बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको कार्यक्रममा बोल्दै उनले गत आर्थिक वर्षको साउन महिनामा सङ्कलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिए । 

उनले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरूमा सकारात्मक सङ्केतहरू देखा परेको दाबी गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरूलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताए । उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका सङ्केतहरू देखिएको उल्लेख गरे । 

उनले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताए । उनले भुक्तानी सन्तुलनमा अकुल अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रका सूचकहरूले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरूलाई अकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको सङ्केत गरेको बताए । उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गरे ।

उनले भने,‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरूमा सकारात्मक सङ्केतहरू देखा परेका छन् । अर्थतन्त्रका सूचकहरूलाई सकारात्मक बनाउने गरी प्रभावकारी काम गर्न बाँकी छ । गत आर्थिक वर्षको साउन महिनामा सङ्कलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको छ । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पु¥याउनुपर्छ । साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका सङ्केतहरू देखिएका छन् । पुँजीबजार उत्साहित भइरहेको छ । मौद्रिक नीतिले जुन किसिमले सकारात्मक दृष्टिकोणहरू अगाडि सा¥यो । त्यसको प्रभाव अर्थतन्त्रमा परिरहेका छन् । भुक्तानी सन्तुलनमा अकुल अवस्थामा छौं । रेमिट्यान्सको अवस्था सकारात्मक छ । अर्थतन्त्रका सूचकहरूले पनि वर्तमान सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरूलाई अकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको सङ्केत गरेको छ । अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई यही गतिमा अगाडि बढाएर लैजान्छ । मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर आइसकेको छैन । समग्र मागमा,उत्पादन,रोजगारी कमी छ । उद्योगहरू ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । राजश्वले साधरणखर्च धान्नुपर्ने अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ