arrow

बयानका लागि रवि लामिछाने संसदीय समितिमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
ravi-lamichhane-81-5-7-parl.jpg

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिले पाएको तीन महिनाको समयअवधि यही भदौ २३ गते सकिँदैछ ।

बुटवलको सुप्रिम सहकारीमा भएको ठगीविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा परेपछि लामिछानेलाई सहकारी ठगीको विषय पेचिलो बन्दै गएको छ । 

सहकारीमा बचत गरेको रकम फिर्ता नपाई ठगिएका एक हजार ८३१ जनाको जाहेरीपछि प्रहरीले अनुसन्धान टुंग्याएर सरकारी वकील कार्यालयले फौजदारी अभियोगपत्र दायर गरेको थियो । 

सुप्रिम सहकारीका संस्थापक जीबी राई, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनसहित २८ जना विरुद्ध मुद्दा चलाइएको थियो ।

तर लामिछाने मात्रै गृहमन्त्री भएका कारण बचेका थिए । सहकारीबाट ऋण लिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । 

प्रहरीको अनुसन्धानमा सुप्रिम सहकारीको ठगी प्रकरणमा रवि लामिछाने पनि जोडिएको देखिएको छ । 

मुद्दाको अनुसन्धान गरेको प्रहरीले गृहमन्त्री लामिछानेले सहकारीबाट ऋण लिएको उल्लेख गरेको छ । 

गोर्खा मिडिया नेटवर्कको नाममा २०७८ पुस ७ गते शेयर सदस्य जीबी राईले रु।१० करोड २० लाख र रवि लामिछानेले रु।एक करोड ८० लाख लिएका थिए । 

लामिछाने र राई गोर्खा मिडिया ग्रुप ९ग्यालेक्सी टेलिभिजन० मा व्यापारिक साझेदार हुन् । 

सहकारीबाट रकम लिएर राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशक थिए । 

सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको कुल रु।१३ करोड ६ लाख अहिलेसम्म तिरिएको छैन । 

सहकारीबाट गोर्खा मिडियाले रकम लिंदा गोर्खा मिडियामा जीबी राईको १० लाख २० हजार कित्ता र रवि लामिछानेको एक लाख ८० हजार कित्ता शेयर थियो । 

सो अभियोगपत्रमा लामिछानेको नाममा सहकारीबाट व्यक्तिगत कर्जा समेत प्रवाह भएको उल्लेख छ । उनका नाममा रु।दुई करोडको ऋण खडा गरी गोर्खा मिडियाको नाममा रहेको ग्लोबल आईएमई ब्यांकको खातामा रकम हालिएको उल्लेख छ । 

अभियोगपत्रमा भनिएको छ, ‘रवि लामिछानेका नाममा ९रु।दुई करोडको० ऋण खडा गरी २०७७ चैत १२ गते ग्लोबल आइएमई ब्यांकको खातामा रकम जम्मा गरेको देखिएको छ ।’ 

रु।दुई करोड ऋण बापत रु।चार लाख सेवाशुल्क कट्टा गरेर रु।एक करोड ९६ लाख जम्मा गरिएको पत्रमा उल्लेख छ । 

प्रहरी अनुसन्धानले सहकारीका सदस्य रवि लामिछानेको नाममा ऋण प्रवाह हुँदा प्रक्रिया पूरा नभएको पनि उल्लेख गरेको छ । 

लामिछानेले लिएको रु। दुई करोड ऋण बापतको किस्ता सुप्रिम सहकारीकै बचत रकम प्रयोग गरेर दुई पटक तिरिएको छ । 

२०७८ असार २२ मा कुमार रम्तेलको नामबाट सुप्रिम सहकारीबाटै रु।एक करोड ९० लाख निकालेर छविलाल जोशीको किस्ता बापत रु।१५ लाख ८० हजार, रवि लामिछानेको कर्जाको किस्ता बापत रु। सात लाख र उनको ऋण बापत रु।५९ लाख ९३ हजार भुक्तान गरेको देखिएको छ । 

त्यस्तै सहकारीकै व्यवस्थापक सागर केसीबाट २०७८ पुस २८ मा रवि लामिछानेको खातामा रु।११ लाख ६७ हजार जम्मा गरेर ऋणको किस्ता तिरिएको छ । 

यसले लामिछानेको ऋण तिर्न सहकारीकै रकम दोस्रो व्यक्तिलाई ऋणका रूपमा दिएर उक्त रकम प्रयोग भएको देखिन्छ ।

सुप्रिम सहकारीमा करिब १० हजार बचतकर्ताको रु।एक अर्ब ३१ करोड हिनामिना भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो । यसपछि प्रहरीले बचतकर्ताको जाहेरी दरखास्त, बचत पासबूकहरू, बरामद भएका दस्तावेज, लेखापरीक्षण प्रतिवेदन, ब्यांक तथा वित्तीय संस्थाका कारोबार विवरण, प्रतिवादीहरूको बयानका आधारमा अनुसन्धान टुंग्याएर ठगीको कसूरमा मुद्दा चलाएको थियो । 

तर यो मुद्दामा सीधै जोडिए पनि गृहमन्त्री लामिछानेलाई प्रहरीले अनुसन्धानमा तान्न सकेको थिएन । 

त्यस्तै सूर्यदर्शन र सानो पाइला सहकारीबाट पनि लामिछानेको नाममा ऋण प्रवाह भएको विवरणहरु सार्वजनिक भएका छन् । 

स्वर्णलक्ष्ममी सहकारीबाट पनि लामिछानेको नाममा ऋण प्रवाह भएको देखिएको छ । ‘समितिले सबै विषयमाथि अनुसन्धान गरिरहेको छ’, समितिका सभापति सूर्य थापाले भने ।
 

ravi-parliamentary-hearing-81-5-7 (4).jpg
ravi-parliamentary-hearing-81-5-7 (5).jpg
ravi-parliamentary-hearing-81-5-7 (6).jpg
ravi-parliamentary-hearing-81-5-7 (1).jpg
ravi-parliamentary-hearing-81-5-7 (2).jpg
ravi-parliamentary-hearing-81-5-7 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ