अचानक बेहोश भएर ड्युटीमा खटिएका सहायक हवल्दारको निधन
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
707
Shares
खाँदबारी । ड्युटी’ गर्दागर्दै अचानक बेहोश भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोश भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोश भएका थिए । मृतकको शवपरीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ ।