arrow

खुकुरी प्रहारको घटनाका आरोपी सात जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
nepal-police12.jpg

सुनसरी । सुनसरी इटहरी-६ स्थित कुवेर चोकमा भएको खुकुरी प्रहारको घटनमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा इटहरी-२ का २० वर्षीय लोप्सन गुरुङ, इटहरी- १८ का २२ वर्षीय ज्योतिष चौधरी, २२ वर्षीय मनिष चौधरी, इटहरी-१७  का २१ वर्षीय गणेश चौधरी, २१ वर्षीय आशिष चौधरी, इटहरी-१३ का २६ वर्षीय उमेश कोइराला र इटहरी-२० का १६ वर्षीय हिमेश राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  बुधबार इटहरी-६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका पक्राउ परेकाले लखेटी-लखेटी इटहरी-१६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका बुढाथोकीको उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ