arrow

ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्ने युवा धरौटीमा रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
oli-deuba-damaha-81-5-10.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् ।

सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९–९ हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनीहरूविरुद्ध प्रहरीले शुक्रबार नै सार्वजनिक शान्ति विरुद्धको कसूर मुद्दा दायर गरेको छ । 

रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढाएको छ । उनीहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो । 

गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध उनीहरूले नाराबाजी गरेको आरोप छ । जुन घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ