arrow

पन्त समाज कास्की अध्यक्षमा उपेन्द्रराज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
panta-samaj-kaski.jpg

पोखरा । नेपाल पन्त समाज कास्की पोखराको अध्यक्षमा उपेन्द्रराज पन्त निर्वाचित भएका छन् ।

समाजको शनिबार सम्पन्न पाचौँ साधारणसभा तथा चौथो अधिवेशनले उपेन्द्रराजलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको उपाध्यक्षमा कृष्णप्रसाद पन्त, सचिवमा रमेश पन्त, कोषाध्यक्षमा भगवती पन्त छन् ।

यस्तै कार्यसमिति सदस्यमा हरि पन्त, लालमोहन पन्त, इन्दिरा पन्त, गोविन्द पन्त र कुबेर पन्त छन् ।

बाबुराम पन्त संयोजक, कल्याण पन्त र भगवान पन्त सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै समाजका केन्द्रीय सदस्य अधिवक्ता भूपनिधि पन्तले भातृत्व र आन्तरिक भाइचारा सम्बन्ध मजबुत बनाउन समाजले ठूलो काम गरेको बताए ।

सल्लाहकार भगवान पन्तले पिता पुर्खाले इतिहास रच्ने गरी काम गरेको भन्दै उहाँहरुका योगदान इतिहासका पानामा लेखिइसकेको बताए ।

समाजको पूर्वअध्यक्ष कल्याण पन्तले समाजलाई सशक्त ढंगले अघि बढाउन आवश्यक रहेको बताए ।

सल्लाहकार बाबुराम पन्तले कास्कीमा यत्रतत्र छरिएर रहनुभएका सबै भाइ बन्धुलाई समेट्न सकिए राम्रो हुने सुझाव दिए ।

कार्यक्रममा भगवती पन्त, जीवनकुमारी पन्त, सरस्वती पन्तले पनि बोलेका थिए ।

समाज अध्यक्ष उपेन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद पन्तले स्वागत र सचिव रमेश पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारणसभाले सचिव र कोषाध्यक्षको प्रतिवेदनसमेत पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ