arrow

ईयूको 'एयर सेफ्टी लिस्ट'बाट नेपाललाई निकाल्न भूमिका खेल्छु - प्रस्तावित राजदूत रुपाखेती [भिडियो]

स्वास्थ्य कूटनीतिका लागि मलाई राजदूतमा सिफारिस गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
sail-rupakheti.jpg

काठमाडौँ । जर्मनका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई युरोपियन युनियन ईयूको 'एयर सेफ्टी लिस्ट'बाट निकाल्न भूमिका  खेल्ने बताएका छन् ।  आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रस्तावित राजदूत रुपाखेतीले अहिले एयर सेफ्टीलगायतका कारणले पर्यटकको सङ्ख्या घटेको बताउँदै  लिस्टबाट नेपाललाई हटाउन  पहल गर्नका लागि पहल गर्ने बताए। 

चिकित्सक समेत रहेका उनले सरकारले कोभिड १९ पछि स्वास्थ्य कूटनीतिलाई महत्त्व दिएकाले आफूलाई पनि राजदूतको रूपमा सिफारिस गरेको हुनसक्ने दाबी समेत गरे । आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रस्तावित राजदूत रुपाखेतीले संयुक्त राष्ट्र सङ्घको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कूटनीतिलाई महत्त्वपूर्ण कूटनीतिको रूपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराए । प्रस्तावित राजदूत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कूटनीतिक प्रयासमा बढवा दिने योजना पनि सुनाए ।
 
उनले भने, ‘युएनले अहिले हेल्थ डेभलोमेसी चाहीँ सबभन्दा इम्पोटेन डिप्लोमेसीको रूपमा प्रादुर्भाव गरेको छ । र हेल्थ डिप्लोमेसीबाटै फरेन पोलिसी, दिगो विकासलगायतका पोलिसीहरु हेल्थ डिप्लोमेसीसँग रिलेटेड भएको हुनाले अब डाक्टरहरूलाई विभिन्न देशले राजदूतको रूपमा नियुक्त गर्ने कामलाई विभिन्न देशले बढवा दिनेछ भन्ने मलाइ लाग्दछ । हेल्थ डिप्लोमेसी कोभिड १९ पछि अझ बढी सशक्त रूपमा संसारभरी नै आएको कारणले गर्दा मलाई पनि हाम्रो सरकारले त्यसै अनुरूप राजदूतको रूपमा नियुक्त गरेको हुनुपर्छ । र जर्मनी विभिन्न सम्भावनाहरू भएको देश हो । जर्मनमा मेरो बुबा र मैले पनि भोलेन्टियर्स भएर पनि काम गरेको हुनाले जर्मनीले नेपाललाई जहिले पनि आत्मीय साथीको रूपमा लिन्छ । र कुनै बेला नेपालमा सबैभन्दा बढी पर्यटक नेपाल आउँथे । अहिले एयर सेफ्टीलगायतका कारणले त्यो सङ्ख्या घटेकाले त्यो लिस्टबाट नेपाललाई हटाउन मैले पहल गर्नका लागि कार्ययोजना पनि प्रस्तुत गरेको हुँ’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ