arrow

दुई डीआईजीको अवकाशपछि तीन डीआईजीको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । दुई डीआईजीको अनिवार्य अवकाशपछि नेपाल प्रहरीले तीन डीआईजीको सरुवा गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना डीआईजीहरूको काज सरुवा गरेको हो । 

गृहले सोमबार डीआईजीहरू कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको काज सरुवा गरेको जानकारी दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौँडा पठाइएको छ। 

केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र बोहोरालाई कार्यविभागबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा काज सरुवा गरिएको छ । 

बागमती प्रदेशबाट आइतबार मात्रै विष्णु केसीको सरुवा भएको थियो भने ट्राफिक प्रहरी कार्यालयबाट जीवन श्रेष्ठको अवकाश भएको थियो । काठमाडौँ उपत्यका र सीआईबीमा भने अहिले कसैलाई पठाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ