arrow

१५ दिन थपियो सहकारी ठगीको अनुसन्धान गर्ने छानबिन विशेष समितिको म्याद [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
devraj-05-18.jpg

काठमाडौँ ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यविधि १५ दिनका लागि थप गरिएको हो । 

बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्तुत प्रस्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । 

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ