arrow

ओलीविरुद्ध बालेन फेरि आक्रामक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
oli-balen-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरि आक्रामक भएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफू गलत भए पक्राउ गर्न चेतावनी दिँदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् ।

बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोष्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । 

यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोष्ट कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ ।

यसै प्रसंगमा बालेनले पोष्ट उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले भनेका छन्,  ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाऊ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ