arrow
ADVERTISEMENT

सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
deuba-oli-81-3-28w.jpg

काठमाडौँ । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्नेछ । 

बैठकमा सत्तारुढ दलहरूले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल गर्ने बताइएको छ । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटमा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ