arrow
ADVERTISEMENT

रारा विमानस्थलले निम्त्यायो विपद्ः विमानस्थल मुनिका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ भदौ २६ बुधबार
mugu-rara-pahiro.jpg

मुगु । मुगुको एक मात्र हवाई यातायातको माध्यम रारा विमानस्थलले सेवा सुविधासँगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्च पिच भएसँगै रारा विमानस्थल ताल्चले यतिबेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याको हो ।

रारा विमानस्थल ताल्चा पिच भएसँगै पानीको नहर बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइएकाले रारा विमानस्थल ताल्च मुनिका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का दर्जनौ बस्ती पहिरोको उच्च जोखिम पर्दै आएका छन् ।

२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाइएकाले विमानस्थलबाट बग्ने पानीले विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । यी खोलामा आउने बाढी पहिरोले सयौँ बिगाहा जमीन कटान गरेको र धेरैका घर बगाएको छ । 

पानी नै नआउने खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ । खोलामा पानी मात्रै होइन अहिलेको अवस्थामा बाढी नै आउने पानीको बहाव हुन्छ । बाढी संगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।

विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रति वर्ष यसरी नै खेतीयोग्य जमीन कटान गर्दै जाने हो भने विमानस्थलको भविश्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तरतिर जमीन भासिएको छ । विमानस्थल मुनि पहिरो जाँदै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने र खोलाले बर्सेनि कटान गर्दै जाने हो भने यसबाट शिरमा रहेको राराताल पनि संकटमा पर्ने स्थानीयको भनाइ छ ।

रारा विमानस्थलबाट निस्किएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहर बुकाखोलमा मिसाइएका छन् भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानीका कारण विमानस्थल मुनिका दर्जर्नौं बस्ती पहिरोको जोखिममा परेका छन् भने गमगढी बालै राताचौर हुर्दै पिना जोड्ने सडक पनि जोखिममा छ । 

यो सडक हुँदै छायाँनाथ रारा नगरपालिका वडा नं ४, ६, ७, ८ का विद्यार्थी, स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुर्दै आउँछन् । जोखिम मोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाइ छ । 

लगातार आएको अविरल वर्षाले खोलामै आएको बाढीकै कारण सो क्षेत्रका विभिन्न क्षेत्रहरुमा जमीन भासिँदा सो क्षेत्रका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नु परेको छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय जङ्खबहादुर भाम बताउँछन् । 

उनी भन्छन्, ‘पानीसँगै आउने बाढीले रारा विमानस्थल तलका बस्तीमा ९ वर्षदेखि दिन प्रतिदिन यस्तो समस्या थपिदै गएको छ  तर स्थानीय चिन्तित हुने सरोकारवाला निकायले वास्ता नगर्नाले समस्या थपिँदै गएको छ ।’

विमानस्थलको पानीले गर्दा बुका खोलाले सयौ बिगाह जमीन पनि कटान गरेको छ । खेतीयोग्य जमीन बालीनाली बगाएको छ । खोलाको आसपासका बस्ती जोखिममा परेका भए पनि यसप्रति कसैले ध्यान नदिएकाले समस्या बर्सेनि समस्या बल्लझिदै गएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मीप्रसाद भामको भनाइ छ । 

खोलाले खेतीयोग्य जमीन पनि बर्सेनि यसरी नै कटान गर्ने हो भने दर्जनौँ बस्ती पनि नरहने भएकाले बस्ती सार्नुको विकल्प छैन ।

लगातार आएको अबिरल वर्षासँगै खोलामा आउने बाढीकै कारण सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्राम बस्नु पर्ने, घरजग्गाबिहीन हुनुपर्ने र विस्थापित हुने अवस्था आएकाले परेको समयमै जोखिम न्यूनीकरण वा स्थानान्तरणको माग गर्दै वडा कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी मार्फत सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण पत्र अध्यक्ष लक्ष्मी भामको टोटीले बुझाएको छ  । 

मानवीय तथा प्राकृतिक विपत्ति ठूलो छ । स्थानीय सरकारले समस्या समाधान गर्न नसक्ने देखिएकाले संघीय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समधानका लागि संस्कृति  पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकार सुर्खेतलाई ध्यानाकर्षण गराउँदै रारा नागरिक उड्यन कार्यालय ताल्चा र जिल्ला प्रशासन कार्यालय मुगुमा ध्यानाकषर्ण पत्र बुझाइएको वडाध्यक्ष भामले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ